March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

संघीय संसदको अधिवेशन साउन ३ गते बोलाउने मन्त्रिपरिषद्‌को निर्णय

संघीय संसदको अधिवेशन साउन ३ गते बोलाउने मन्त्रिपरिषद्‌को निर्णय

असार ३१, काठमाडौं ।
सरकारले आगामी साउन ३ गते  प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते अपरान्ह ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।

Advertisement

सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने प्रचलन छ। सोमबार प्रतिनिधि सभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतले सात दिन भित्र प्रतिनिधि सभा अधिवेशन बोलाउन भनेको थियो। सोहीअनुसार सरकारले साउन ३ गतेकै लागि बैठक बोलाउन सिफारिस गरेको ती मन्त्रीको भनाइ छ । असार २८ गते सर्वोच्च काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै प्रतिनिधिसभा विघटन बदर गरेर बैठक बोलाउन आदेश जारी गरेको हो।

Advertisement

साथै मन्त्रिपरिषद बैठकले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप्ने निर्णय पनि गरेको छ । यी आयोगमा तत्कालीन विद्रोही माओवादीको विशेष चासो छ । माओवादी सरकारमा फर्किएसँगै आयोगहरूको म्याद थपिएको हो ।