April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

वर्षको अन्तिम दिन सेयर बजार लाग्यो उकालो, ८ अर्बको कारोबार हुँदा गोर्खाज फाइनान्स अगाडि

असार ३१, काठमाडौं ।

Advertisement

चालु आर्थिक वर्ष २०७७/७८ को अन्तिम दिन  बिहीबार सेयर बजारको परिसूचक नेप्से ११.३ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २८८३ अंकमा पुगेको छ। बिहिबार २२३ कम्पनीका पाँच करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर ७३ हजार २७२ पटक खरिद बिक्री हुँदा कारोबार रकम ८ अर्ब १४ करोड ३६ लाख भन्दा धेरै भयो । बुधबार पाँच अर्ब ६५ करोडको मात्रै सेयर खरिद-बिक्री भएको थियो ।

Advertisement

यस दिन बैंकिङ ६, ब्यापार २८, जलविद्युत ५६, फाइनान्स ४७, निर्जीवन बीमा ३६ र माइक्रोफाइनान्स समूह ४५ अंकले बढे। होटल तथा पर्यटन ५०, विकास बैंक १३, उत्पादन ५, अन्य ७ र जीवन बीमा समूह ४३ अंकले घटेका छन्। यस दिन ङादी ग्रुपको मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशतले बढेको छ। रैराङ हाइड्रोको मूल्य ८.९ प्रतिशतले बढ्यो। त्यस्तै गणपती माइक्रोफाइनान्स र मञ्जुश्री फाइनान्सको मूल्य ७.८ तथा लिवर्टी इनर्जीको मूल्य ७ प्रतिशतले बढेको छ। गोर्खा फाइनान्सको ५.९, युनाइटेड मोदीको ५.५, नेपाल हाइड्रो डेभलपर्सको ५.३ प्रतिशतले बढेको छ।

कारोबारका आधारमा गोर्खा फाइनान्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ३६ करोड रुपैयाँको कारोबार हुँदा दोस्रोमा रहेको एनआइसी एसिया बैंकको ३३ करोडको सेयर किनबेच भयो। त्यसैगरी एनआईसी एशिया बैंकको ३३ करोड, मेरो माइक्रोफाइनान्स संस्थापक २३ करोड, मञ्जुश्री फाइनान्स २३ करोड, नेपाल लाइफ इन्स्योरेन्स २० करोड, नेशनल हाइड्रोपावर कम्पनीको १६ करोड, ङादी ग्रुप पावर कम्पनी १५ करोड, नेपाल पूनर्बीमा कम्पनी १५ करोड, युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड र अरुण काबेली पावरको साढे १३ करोडको शेयर कारोबार भएको छ ।