March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

काठमाडौं उपत्यकाभित्र १० दिन थपियो निषेधाज्ञा, पसलहरु साँझ ७ बजेसम्म खोल्न पाइने

काठमाडौं उपत्यकाभित्र १० दिन थपियो निषेधाज्ञा, पसलहरु साँझ ७ बजेसम्म खोल्न पाइने

असार ३१, काठमाडौं ।

Advertisement

काठमाडौं उपत्यकाभित्र १० दिनको लागि निषेधाज्ञा थप गरिएको छ। आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । साउन १० गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

Advertisement

तर यसअघि जारी प्रावधानमा फेरबदल भएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक सवारीसाधन चल्नेछन् भने अन्य ताेकिएका क्रियाकलाप पनि सञ्चालन हुनेछन् । लामो दुरीका सार्वजनिक सवारी सम्बन्धी कुनै पनि निर्णय गरेको छैन। लामो दुरीका सार्वजनिक सवारी साधनलाई मन्त्रिपरिषद्को बैठकले नै खोल्ने भएकाले कुनै पनि निर्णय नभएको सिडिओ पराजुलीले बताए।

‘अत्यावश्यक सवारी साधनलाई मात्र काठमाडौं उपत्यकाभित्र छिर्न दिन्छौं। लामो दुरीका सार्वजनिक सवारीको हकमा मन्त्रिपरिषद्को निर्णय नै कुरेका छौं,’ सिडिओ पराजुलीले भने। त्यस्तै अहिले संचालन हुँदै आएको पसलहरुको समय भने थप गरिएको छ। साँझ ७ बजेसम्म पसलहरु खोल्न दिने निर्णय भएको छ।

[pdf-embedder url=”https://banijyanews.com/wp-content/uploads/2021/07/निषेध_आदेश_20210715_0001.pdf”]