April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

गुल्मीमा जिप र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु ४ घाइते

गुल्मीमा जिप र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु ४ घाइते

असार ३१, काठमाडौं ।

गुल्मीमा जिप र बाईक दुर्घटना परि एक जनाको मृत्युु भएको छ भने ४ जना घाइते भएका छन्  । भे १ च १९४३ नम्बरको जिपले लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–१४, अर्गलीका ३१ वर्षीय सुदन पाण्डेको मृत्यु भएको छ । धुर्कोटबाट तम्घासका लागि छुटेको जिपले तम्घासबाट छल्दीका लागि छुटेको मोटरसाइकललाई अर्खलेमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रेसुंगा नगरपालिकाका अनिल विक, धुर्कोटका सीमकला विक, धुर्कोटकै हरिप्रसाद भण्डारी, जिप चालक धुर्कोटकै रामबहादुर थापा घाइते भएका छन् ।   घाइतेको जिल्ला अस्पतालमा उपचार भैरहेको उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेको  जिल्ला प्रहरी कार्यालय जनाएकाे छ ।

Advertisement