September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

पछिल्लो २४ घण्टामा २ हजार ६७६ संक्रमित थपिए, ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ६७६ संक्रमित थपिए, ३३ जनाको मृत्यु

असार ३१, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ६७६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७६८ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन्। ८ हजार २५६ जनाको आरटी पीसीआर र ४ हजार ५१२ जनामा एन्टिजेन परीक्षण भएको छ। यसमध्ये पीसीआर परीक्षणमा एक हजार ७८२ र एन्टिजेन परीक्षणमा ८९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Advertisement

नेपालमा हालसम्म पीसीआरबाट ६ लाख ६२ हजार ५७० र एन्टिजेनबाट ४६ हजार ८६७ जनामा संक्रमण पुष्टि भएको छ। यसमध्ये ६ लाख २६ हजार ४६८ जना संक्रमणमुक्त भएका छन्। गत २४ घण्टामा एक हजार ७५७ जना संक्रमित कोरोनामुक्त भएका छन्। साेही अवधिमा ३३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५५३ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३३९, भक्तपुरमा ८० र ललितपुरमा १३४ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ६९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।