September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

संघीय संसदका दुवै सदनको अधिवेशन राष्ट्रपतिद्वारा आह्वान

संघीय संसदका दुवै सदनको अधिवेशन राष्ट्रपतिद्वारा आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आगामी आइतबारका लागि आह्वान गरेकिछिन् । संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले साउन ३ गते आइतबार दिउँसो ४ बजेका लागि संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् ।

सर्वोच्च अदालतको फैसलापछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले पुनस्र्थापित प्रतिनिधि सभाको अधिवेशन बोलाउने निर्णय गरेको हो । सर्वोच्चले प्रतिनिधि सभाको बैठक साउन ३ गतेभित्र बोलाउन आदेश दिएको थियो ।

Advertisement