March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कांग्रेसको पदाधिकारी बैठक बस्दैः नयाँ मन्त्री र महाधिबेशन मुख्य एजेण्डा

कांग्रेसको पदाधिकारी बैठक बस्दैः नयाँ मन्त्री र महाधिबेशन मुख्य एजेण्डा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक दिउँसो २ बजे बस्ने भएको छ । पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरू लगायतका विषमा छलफल गर्ने पदाधिकारी बैंठक बस्न लागेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि नाम टुङ्गो लगाउन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव बढेको छ । देउवाले पाटीमा छलफल गरेर मात्रै मन्त्रीको टुंगो लगाउने यसअघि देखिनै बताउँदै आएका छन् ।

उनले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग त्यसबारेमा छलफलगर्दे आएका छन् । कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनिअन्य मन्त्रीबारे निर्णय हुन बाँकी छ । अन्य मन्त्री बनाउने बारेमा आपसी बैंठकमै छलफल हुने र निष्कर्ष निकाल्ने तयारी भएको हो ।

यस्तै पदाधिकारी बैठकमा पार्टीको आशन्न १४औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे पनि छलफल गरिने भएको हो ।

Advertisement