September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

नयाँ आ.व.सँगै नयाँ सेयर बजारमा नयाँ लाभकर लागू

नयाँ आ.व.सँगै नयाँ सेयर बजारमा नयाँ लाभकर लागू

काठमाडौंः नयाँ आर्थिक बर्षको सुरुवातसँगै सेयर बजारमा नयाँ लाभकर लागू भएको छ । सरकारले बजेट भाषण मार्फत फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था तोकेपछि नयाँ लाभकर नीति लागू भएको हो । बजेट भाषणमार्फत अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्तालाई फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार अव १ वर्षभन्दा कम अवधिको लगानीलाई ७.५०% र १ वर्ष भन्दा बढी अवधि होल्ड गर्नेलाई ५% लाभकर लाग्ने छ । यसअघि सबै व्यक्तिगत लगानीकर्तालाई ५% कर लाग्दै आएको थियो ।

Advertisement