August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

‘पुरानै बजेटलाई संसदमा टेबल’, ‘अर्थतन्त्रको अवस्थाबारे अध्ययन गरेर श्वेतपत्र जारी’

‘पुरानै बजेटलाई संसदमा टेबल’, ‘अर्थतन्त्रको अवस्थाबारे अध्ययन गरेर श्वेतपत्र जारी’

पूर्ववर्ती सरकारले ल्याएको बजेटलाई नै देउवा नेतृत्वको सरकारले संसदमा टेबल गर्ने भएको छ । देउवा नेतृत्वको सरकारका अर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्माले पूर्ववत सरकारले ल्याएको बजेटलाई नै आफूले संसदमा टेबल गर्ने बताएका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा पत्रकारहरुसँगको अन्तक्रियामा कार्यक्रममा अर्थमन्त्री शर्माले संसद शुचारु भएको दिन नै बजेट टेबल गर्ने बताए शर्माले भने, ‘बजेट संसदमा साउन ३ गते नै टेबल गर्छु, संसदले के गर्छ, त्यही ढंगले अघि बढ्छु ।’

उनले संसदले संशोधनसहित अहिलेकै बजेट कार्यान्वयन गर्न भन्यो भने त्यहीअनुसार आफू अघि बढ्ने बताए । त्यसैगरी शर्माले नेपालको अर्थतन्त्रको ताजा अवस्था अध्ययन गरी श्वेतपत्र जारी गर्ने बताएका छन् । उनले हाल देशको अर्थतन्त्रको अध्ययन गरिरहेको र चाँडै नै आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्ने बताए ।

‘भर्खर आएर अध्ययन गर्दै छु।अध्ययनका लागि केही समय दिनुहोस्,’ मन्त्री शर्माले भने, ‘अध्ययन गरेर आफ्नो भिजन राख्ने छु भने सरकारको समग्र योजनाका बारेमा पनि त्यो निर्माण भइसकेपछि अर्थ मन्त्रालयको भावी योजना त्यसमा समावेश गरिने छ।’

मन्त्री शर्माले कोभिड प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्ने सम्बन्धि अध्यान भैरहेकोले गर्दा चाडौ कमी कमजोरी पत्ता लगाएर सुधार गरिने समेत बताए ।