April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

अवैध फोन नियन्त्रण गर्न एमडीएमएस प्रणाली लागू हुने समय लम्बियो

अवैध फोन नियन्त्रण गर्न एमडीएमएस प्रणाली लागू हुने समय लम्बियो

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्न आजबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस प्रणाली) लागू गर्ने भनेपनि यस्को समय लम्बिएको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताएका थिए । प्राधिकरणले साउन १ देखि नै अवैध मोवाइल नचल्ने र एमडीएमएस सिस्टम लागू हुने निर्णय गरे पनि तत्काल दुई सातासम्म एमडीएमएस कार्यन्वयनमा नआउँने भएको हो । प्राविधिक तयारी नपुगेकोले अझै केही दिन यो सिस्टम लागू नहुने भएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए । उनले आवश्यक तयारी गरेर केही दिनमा यो सिस्टम लागू हुने बताए । लामो समयको तयारी पश्चात् आजदेखि उक्त प्रणाली जडान गर्ने तयारी गरेपनि केही समयका लागि यो धकेलिएको हो ।

Advertisement

प्राधिकरणले मोबाइल सेटको आयातपूर्व अनिवार्यरुपमा प्राधिकरणबाट स्तर स्वीकृति गर्न तथा आईएमईआई नम्बर दर्ता गर्नुपर्ने प्रावधान रहेको भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्ने जनाएको थियो । एमडीएमएस प्रणालीले कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने काम गर्छ । एमडीएमएसको सफ्टवेयर तथा हार्डवेयर राख्न प्राधिकरणले चाबहिलस्थित भवन निर्माण गरेको छ ।

Advertisement

एमडीएमएस प्रणाली लागू गर्ने समय लम्बदै जाँदा यस्को विरोधमा समेत आवज उठन थालेका छन् । जानकारहरुले सरकारले ल्याएको नयाँ मोवाइल प्रतिबन्ध नीति विदेशमा काम गर्ने कामदारमा लक्ष्ति रहेको दाबी गरेका छन् । झण्डै ४० हजार श्रमिक विदेशी भूमिमा श्रम बगाई रहेका छन् । उनीहरुको पहिलो बाध्यता नै विदेश पुगेपछि मोवाइल किन्नु हुने गरेको छ । आफ्ना परिवार र नेपालसँग यही मोवइलको माध्यमद्धारा उनीहरु सम्पर्कमा रहन्छन् । ४७ डिग्रीको घाममा पसिना र रगत बगाएपछि फूर्सदको समय नेपालको बारेमा जानकारी लिने संचारको मध्यम पनि त्यही मोवाइल पर्छ ।

विदेशमा बस्दा किनेको मोवाइल नेपाल आउँदा उतै फाल्ने कुरा भएन । त्यही मोवाइल नेपाल ल्याउँदा राज्यको आखा लागेको अधिकार कर्मीले दाबी गर्दे आएका छन् । विदेशी भूमिमा काम गर्न गएका कामदार यतिखेर देश हाक्ने नायक पनि हुन् । उनीहरुले नै पठाएको रेमिट्यान्सले नै नेपाली अर्थतन्त्र चलेको छ । देशले रोजगारी दिन नसकेर विदेशीको दैलोमा जीबन यापन गर्नको लागि पुगेका कामदारको बाध्यताको एक साथी त्यही मोवाइल माथि पनि यतिखेर राज्यको आँखा परेको भन्दै विरोध समेत हुँदै आएको छ । उनीहरुले बोक्ने मोवाइल राज्यको निशानामा परेका मात्र होइन त्यस्ता मोवाइ नेपाल ल्याउँदा नेपालमा रहेका मोवाइल बिक्रताको मोवाइल विक्री समेत नभएको हुँदा छटपटी उनीहरुलाई परेको छ । उनीहरु राज्य संचालकहरुलाई अवैध मोवाइल रोक्नु पर्ने भन्दै उकासी रहेको जनकारहरुको दाबी छ ।

https://banijyanews.com/wp-admin/post.php?post=50758&action=edit