September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

विराटनगरले ८ अर्ब ९३ करोड राजस्व संकलन

विराटनगरले ८ अर्ब ९३ करोड राजस्व संकलन

कोरोना महामारीका बिच आन्तरिक राजस्व कार्यालय विराटनगरले राजस्व संकलनमा बृद्धि गरेको छ । राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७÷७८ मा कुल आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयले आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार रूपैयाँ राजस्व संकलन लक्ष्य लिएपनि सो बढी राजस्व संकलन गरेको हो । कार्यालयले लक्ष्यभन्दा आठ करोड ९१ लाख ५४ हजार रूपैयाँ बढी राजस्व संकलन गर्न सफल भएको छ । कार्यलयले अवधिमा आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको हो ।

Advertisement

कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७७÷७८ मा संकलित राजस्वमा आयकर तीन अर्ब ५२ करोड १९ लाख १४ हजार रूपैयाँ, मूल्य अभिवृद्धि कर दुई अर्ब ५३ करोड ९० लाख १२ हजार रूपैयाँ र अन्तःशुल्क दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रूपैयाँ रहेको छ ।