September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

राजनीतिक कोटामा राजदूत नियुक्ति गर्ने तयारी गरेका ९ उमेदवारको नियुक्ति खारेज

राजनीतिक कोटामा राजदूत नियुक्ति गर्ने तयारी गरेका ९ उमेदवारको नियुक्ति खारेज

केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाको आधारमा विभिन्न ९ देशका लागि राजदूत नियुक्त गर्नेसम्बन्धी निर्णय खारेज गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय खारेज गरेको हो । संसद् विघटन गरेका कारण संसदीय सुनुवाइबिनै ती राजदूतहरुको नियुक्ति गरिएको भन्दै विवाद हुँदै आएको थियो । यसैलाई अधार बनाएर देउवा सरकारले निणर्य खारेज गरेको हो ।

ओली सरकारले ११ जना राजदूत नियुक्त गर्ने तयारी गरेकोमा सरकारले २ लाई राखेर अन्य सबैलाई खारेज गरेको हो । दुई कर्मचारी भने परराष्ट्र सेवाका कर्मचारी रहेकाले उनीहरुको निर्णय खारेज गरेको हो । ओली सरकारले परराष्ट्र सेवाबाट सिफारिस गरेका राजदूतहरूमा अस्ट्रियाका लागि निर्मलराज काफ्ले र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ छन् ।

Advertisement

यस्तो छ नियुक्ति खारेजीमा परेका राजदूतहरु –
– युवराज कार्की (बहराइन)
– रमेशचन्द्र पौडेल (श्रीलंका)
– जंगबहादुर चौहान (रसिया)
– कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया)
– नारायणप्रसाद संग्रौला (म्यानमार)
– कुलप्रसाद नेपाल (ब्राजिल)
– सुमीत्रा सुवेदी (डेनमार्क)
– सुम्नीमा तुलाधर (अष्ट्रलिया)
– मेराज मुसलमान (साउदी अरेबिया)