September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

शेयर बजारमा उत्साह : नेप्से ९७ अंकले बढ्दा ११ अर्ब ६३ करोडको कारोबार

शेयर बजारमा उत्साह : नेप्से ९७ अंकले बढ्दा ११ अर्ब ६३ करोडको कारोबार

साउन ३, काठमाडौं ।

नयाँ आर्थिक वर्षको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  हरियाली छाएको छ । आज नेप्से ९७.२१ अंकले बढेर २९८०.६१ विन्दुमा पुगेको छ । त्यस्तै आज कारोबार रकम पनि बढेको छ । आज ११ अर्ब ६३ करोड ८१ लाख बराबरको कारोबार भएको छ । आइतबार कारोबारमा आएका २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर १ लाख १६ हजार २९४ पटक खरिद बिक्री भएको हो ।

Advertisement

यसअघि गत असार ३१ गते बिहीबार ११.३३ अङ्कले बढेर २ हजार ८८३.२८ बिन्दुमा पुगेको थियो भने ८ अर्ब १४ करोड ३६ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । चालू आर्थिक बर्षको पहलिो दिन नै बजारले सकारात्मक संकेत गरेको छ । यो दिन ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक १९.५५ बिन्दुले उकालो लागेर ५६०.९६ मा पुगेको छ ।

आज समूहगत रुपमा हेर्दा बैंकिङ ९२, ब्यापार ३३, होटल तथा पर्यटन ५८, विकास बैंक २३३, जलविद्युत ४५, फाइनान्स ३५, निर्जीवन बीमा ४४१, उत्पादन १६५, अन्य १९, माइक्रोफाइनान्स १९० र जीवन बीमा ६४८ अंकले बढेका छन्। यस दिन सिन्धु विकास बैंक, सिंगटी हाइड्रोपावर, ङादी ग्रुप, समृद्धि फाइनान्स र हिमालय पावर पार्टनरका सेयर लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए।

त्यस्तै सिद्धार्थ बैंकको मूल्य ८ प्रतिशतले बढेको छ। महालक्ष्मी विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक र पाँचथर पावरको मूल्य साढे ७ प्रतिशतभन्दा धेरैले बढ्यो। घट्ने कम्पनीको मूल्य गिरावट दर भने २ प्रतिशतमुनि रह्यो। मल्टिपर्पोज फाइनान्सको १.७७ तथा रिडी हाइड्रोपावरको १.३९ प्रतिशतले मूल्य घटेको छ। अरुण भ्याली, नारायणी डेभलपमेन्ट र माथिल्लो तामाकोसीको मूल्य पनि घटेको छ।

कारोबारमा आएका कम्पनीहरुमध्येमा मञ्जुश्री फाइनान्सको कारोबार रकम शीर्ष स्थानमा रहेको देखिएको छ । उक्त कम्पनीको कारोबार रकम ४० करोड ९९ लाख ७५ हजार रुपैयाँ रहेको छ भने नविल बैंकको ३८ करोड ६३ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्टको ३७ करोड ६८ लाख ७ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ३५ करोड ३५ लाख ८२ हजार रुपैयाँ र कामना सेवा विकास बैंकको ३४ करोड ११ लाख ८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।