September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

थप १८०१ जनामा संक्रमण पुष्टि, २३ जनाको मृत्यु

थप १८०१ जनामा संक्रमण पुष्टि, २३ जनाको मृत्यु

साउन ३, काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

यही अवधिमा थप १६६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.७ प्रतिशत रहेको छ । देशभर २२ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ५६१ जना आईसीयूमा छन् भन् १६५ जना भेन्टिलेटरमा रहेका छन् ।

त्यस्तै, कोभिड–१९ को संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट  नेपालमा ९ हजार ५५० जनाले ज्यान गुमाइसकेका छन् ।