March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

साउदीमा नेपाली दूतावासले अस्थायी कार्यालय संचालन गर्ने

साउदीमा नेपाली दूतावासले अस्थायी कार्यालय संचालन गर्ने

साउन ४, काठमाडौं ।
साउदीस्थित नेपाली दूतावासले अस्थायी कार्यालय संचालन गर्ने भएको छ । दूतावासले राहदानी नवीकरणका लागि उक्त कार्यालय संचालन लागेको हो । कोरोना महामारीलाई मध्यनजर गर्दै दूतावासले आगामी अगस्ट १३ तारिखमा राहदानी नवीकरणको आवेदन संकलन गर्दै छ ।

दूतावासले एक सूचना जारी गर्दै त्यहाँको पूर्वी क्षेत्रको दमाम शहरमा अस्थायी कार्यालय संचालन गरेर राहदानी नवीकरण आबेदन संकलन गर्ने जनाएको छ । दमामको अल असेम रेस्ट हाउस फर फेस्टिवल्स अल फैसालियामा अगस्ट १३ तारिख बिहान ७ देखि साँझ ७ बजेसम्म अस्थायी कार्यालय संचालन गरिने दूतावासले जनाएको छ ।

Advertisement