March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

शिक्षण अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

शिक्षण अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

साउन ४, काठमाडौं ।
नेपाल उद्योग परिसंघको अगुवाई एवं नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकको सहकार्यमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ ।अस्पताललाई ५० क्युबिक लिटर प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको हो । नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा आयोजित कार्यक्रममा प्लान्ट हस्तान्तरण एवं सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

Advertisement

परिसंघका अध्यक्ष सतिशकुमार मोर र शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिनेश काफ्लेले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे । कार्यक्रममा परिसंघका अध्यक्ष मोरले देश संकटमा परेका बेला निजी क्षेत्र अग्रस्थानमा उभिएर आफ्नो कर्तव्य पूरा गरेको बताए । उनले कोभिड-१९ को पहिलो र दोस्रो लहरले सिर्जना गरेको संकटमा पनि निजी क्षेत्रले आपूर्ति श्रृङ्खला सहज बनाउन सहयोग गरेको उल्लेख गरे।

Advertisement

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्रा. डा. दिव्या सिंह शाहले कोभिड-१९ को संकटपूर्ण अवस्थामा शिक्षण अस्पतालले हरतरहले सेवा प्रदान गरेको बताए। उनले कोभिडकै बीचमा अस्पतालमा आइसियु र एचडियु बेड थपिएको र थप १५ सय शैय्या निर्माणको चरणमा रहेको उल्लेख गरे । डिन शाहले परिसंघ एवं नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकलाई धन्यवाद ज्ञापन गरे ।