April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

सुनको मूल्य २०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

साउन ४, काठमाडौं ।
नेपाली बजारमा आइतबार ओरालो लागेको सुनको मूल्य साेमबार पुनः बढेको छ। स्थानीय बजारमा  सुनको मूल्य सोमवार २ सय रुपैयाँले बढेको हो। सोमवार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, सोमवार चाँदीको मूल्य भने घटेको छ। आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य ५ रुपैयाँले  घटेको हो।आइतवार प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार १२ सय ९० रुपैयाँमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ।

 

Advertisement