April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ८१ करोडको कारोबार

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ८१ करोडको कारोबार

साउन ४, काठमाडौं ।

Advertisement

आइतबार ठूलो अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक सोमबार पनि बढेको छ । नयाँ प्रधानमन्त्रीले विश्वासको मत लिएपछि बजारमा तिव्र वृद्धि भइरहेको छ । सोमबार १३.८० अंकले बढेर नेप्से परिसूचक २९९४.४२ बिन्दुमा पुगेको छ । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन आइतबार नेप्से ९७.२१ अंकले बढेको थियो। आज दोस्रो कारोबार दिन पनि त्यसले निरन्तरता पाएको हो।

Advertisement

नेप्सेमा आज कूल ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कूल २१९ वटा कम्पनीका तीन करोड ७५ लाख ७१ हजार ८५० कित्ता सेयर एक लाख सात हजार ७९७ पटक खरिद-बिक्री भएका थिए। आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.०४ अंकले घटेर ५६०.७२ विन्दुमा ओर्लिएको छ।

यस दिन बैंकिङ १०, ब्यापार १९६, निर्जीवन बीमा १०१, उत्पादन ४१, अन्य १६ र जीवन बीमा समूह ५३ अंकले बढेका छन्।होटल तथा पर्यटन १६, विकास बैंक १८, माइक्रोफाइनान्स ४, जलविद्युत १ र फाइनान्स समूह २९ अंकले घटे। सिनर्जी पावर डेभलपमेन्टको मूल्य १० प्रतिशतले बढेको छ।

त्यस्तै विशाल बजार कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो भने नेपाल इन्स्योरेन्सको मूल्य साढे ७ प्रतिशतले बढेको छ। नागरिक लगानी कोष, हिमालय उर्जा विकास कम्पनी, अरुण काबेली, हिमालय पावर पार्टनरका लगानीकर्ता पनि कमाउनेमा अगाडि रहे। गोर्खा फाइनान्सको मूल्य सबैभन्दा धेरै ३.६ प्रतिशतले घटेको छ। मन्जुश्री फाइनान्सको मूल्य ३ प्रतिशतले घटेको छ।

 

 

आज एनआईसी एसिया बैंकका सेयर सबैभन्दा धेरै ३५ करोड ४१ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै नबिल बैंकको ३३ करोडको कारोबार भयो भने नेपाल बंगलादेश बैंकको ३१ करोडको सेयर किनबेच भयो।  संख्यात्मक आधारमा एनआईसी एसिया ग्रोथ फण्ड सबैभन्दा धेरै २८ लाख ११ हजार ५०० कित्ता र ग्लोबल आईएमई बैंकका सेयर सबैभन्दा धेरै तीन हजार १७८ पटक किनबेच भएका थिए।