September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

‘निजी क्षेत्रका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार’ : देउवा

‘निजी क्षेत्रका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार’ : देउवा

देउवा सरकारले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैं सहयोग गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले परिसंघले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने औजार बन्ने बताए । उनले नेपाली वस्तुको उत्पादन र उपभोग बढाउन यस अभियानले महत्तवपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

Advertisement

 

प्रधानमन्त्री देउवाले कोभिडले निम्त्याएको संकटसँग जुध्न सरकारले सबै संयन्त्रको प्रयोग गर्दे खोपलाई प्रमुख प्रथमिकतामा राखिएको बतबए ।

भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्दै निजी क्षेत्रले सरकारबाट ठूलो अपेक्षा गरेको बताए। उनले नीतिगत सहजीकरण मार्फत् लगानी अभिवृद्धिको वातावरण बनाउन पनि आग्रह गरे।