September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

मध्य भोटेकोशीको आईपिओ आजदेखि पुनः खुला

मध्य भोटेकोशीको आईपिओ आजदेखि पुनः खुला

साउन ५, काठमाडौं ।

Advertisement

मध्य भोटेकोशी जलविद्युत कम्पनीको यसअघि स्थगित गरिएको आइपीओ आज  बाट पुनः खुला भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावितका लागि वैशाख २१ गतेदेखि आइपीओ बिक्री खुला गरेकामा कारोना भाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण वैशाख २४ गतेदेखि स्थगित गरिएको थियो ।

Advertisement

मंगलबार देखि सर्वसाधारणका लागि खुल्ला गरिएको कुल ६० लाख कित्ता सेयर मध्ये सर्वसाधारण लगानी कर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आवेदन  छिटोमा श्रावण १७ गते सम्ममा र ढिलोमा श्रावण ३२ गतेसम्म निष्कासन बन्द हुने कम्पनीले जनाएको छ ।

यद्यपि, यसअघि नै आवेदन दिएका कर्मचारी सञ्चय कोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारीहरू, शेयरधनी संस्थापक संस्थाका कर्मचारीहरू एवं ऋणदाता संस्था, कर्मचारी सञ्चय कोषका कर्मचारीहरूले पुनः आवेदन दिनु नपर्ने कम्पनीले जनाएको छ ।