September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

साउन ५, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । मंगलबार बिहान  प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

Advertisement

मन्त्रिपरिषद् विस्तार, सरकारको आगामी कार्ययोजना लगायतका विषयमा प्रधानमन्त्री देउवा र दाहालबीचमा छलफल भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

आजै दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए । उक्त भेटमा पनि दाहालले नेपाल समूहलाई सरकारमा ल्याउनेबारे कुरा राखेको बुझिएको छ । नेपाल समूहका २२ जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् । उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले अनुशासन उल्लंघन गरेको भन्दै केन्द्रीय कमिटीको बैठकमार्फत २४ घण्टे स्पष्टीकरणसमेत सोधेका छन् । आज फेरि एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ