September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

बीमा कम्पनीहरुद्धारा १ खर्ब ५१ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन

बीमा कम्पनीहरुद्धारा १ खर्ब ५१ अर्ब  रुपैयाँ बीमा शुल्क आर्जन

साउन ५, काठमाडौं ।

गत आर्थिक वर्ष २०७७ /७८ मा ३९ वटा बीमा कम्पनीहरुले कुल १ अर्ब ५१ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।  १९ वटा जीवन बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ५५ करोड २३ लाख रुपैयाँ र  निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

Advertisement

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा जीवन बीमातर्फको कुल बीमा शुल्कमा २८.७ तथा निर्जीवनतर्फ १५.३ प्रतिशतले बढेको बीमा समितिले जानकारी दिएको छ।

जोखीम ग्रहण गरेबापत बीमा कम्पनीले बीमितसँग लिने रकम नै बीमाशुल्क हो । जुन, कम्पनीमा परेको दाबीका आधारमा भविष्यका लागि व्यवस्थापकीय खर्च तथा मुनाफाको सम्भावना विश्लेषण गरेर क्षेत्रगत रूपमा बीमाको प्रकृतिअनुसार निर्धारण गरिन्छ ।

गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले १५ हजार ९६४ वटा बीमालेख वापतको २ अर्ब २५ करोड २ लाख र निर्जीवन बीमा कम्पनीहरुले८६ हजार ४४० वटा बीमालेख वापत २० अर्ब १४ करोड ५१ लाख बीमा मागदाबीको भुक्तानी दिन बाँकि रहेको बीमा कम्पनीहरुबाट प्राप्त भएको समितिले जानकारी दिएको छ ।

त्यसैगरी समितिले गरेको स्थलगत अनुगमनका आधारमा गत आर्थिक वर्ष जीवन बीमा मार्फत ९ अर्ब ८८ करोड १४ लाख बराबरको ६३ हजार ३३१ वटा बीमालेखहरु व्यतित भएको तथ्याङक प्राप्त भएको छ