September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

नेप्सेमा ८० हजार कित्ता बोनस शेयर सूचीकृत

नेप्सेमा ८० हजार कित्ता बोनस शेयर सूचीकृत

साउन ५, काठमाडौं ।

मंगलबार नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ । नेप्सेका अनुसार लघुवित्तको चुक्ता पूँजी ५ करोड ७२ लाख ४४ हजार ४७० रुपैयाँको १४ प्रतिशतले हुन आउने ८० हजार १४२ दशमलव २६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

Advertisement

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको असार २१ गते, सोमबार सिटिस्क्वेयर, न्यूरोड, पोखरा, कास्कीमा सम्पन्न भएको थियो । संस्थाको पाँचौ वार्षिक साधारण सभाले चुक्ता पूँजीको १४ प्रतिशतले हुन आउने ८० लाख १४ हजार २२६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ४ लाख २१ हजार ८०१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।