September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

लगातार २ दिन बढेको नेप्सेमा सामान्य करेक्सन, ७ अर्ब ८९ करोडको कारोबार

लगातार २ दिन बढेको नेप्सेमा सामान्य करेक्सन, ७ अर्ब ८९ करोडको कारोबार

साउन ५, काठमाडौं ।

Advertisement

लगातार दुई दिन बढेको पुँजीबजार मापक परिसूचक नेप्सेमा आज सामान्य करेक्सन आएको छ। नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन आइतबार ९७.२१ अंक र सोमबार १३.८० अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ९.०१ अंकले घटेर २९८५.५७ विन्दुमा झरेको छ।आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.८३ अंकले घटेर ५५८.१२ विन्दुमा ओर्लिएको छ।

Advertisement

आज परिसूचकसँगै कारोबार पनि घटेको छनेप्सेमा आज कूल सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कूल २१९ वटा कम्पनीका तीन करोड १६ लाख आठ हजार १९३ कित्ता सेयर ८४ हजार ४६८ पटक खरिद बिक्री भएका थिए।

समूहगत रुपमा हेर्दा ब्यापार १२६, होटल तथा पर्यटन ६०, जलविद्युत ३५ र उत्पादन समूह १४ अंकले बढेका छन्। बैंकिङ ०.७४, विकास बैंक ३८, फाइनान्स ३२, निार्जीवन बीमा १८८, अन्य २६, माइक्रोफाइनान्स २७ र जीवन बीमा समूह १२६ अंकले घटे।

यस दिन हाइड्रोपावरका लगानीकर्ताले उल्लेख्य मूल्य कमाएका छन्। धेरै मूल्य बढेका ५ कम्पनीमा ४ कम्पनी हाइड्रोपावर छन्। माउन्टेन हाइड्रो नेपालको मूल्य सबैभन्दा धेरै ९ प्रतिशतले बढेको छ। त्यस्तै बरुण हाइड्रोको ७.७, सिइडिबी हाइड्रोको ७.४, अरुणभ्याली हाइड्रोको ६.६ प्रतिशतले मूल्य बढेको छ। यस दिन वाणिज्य बैंकमा कृषि विकास बैंकको सबैभन्दा धेरै ६.४ प्रतिशतले मूल्य बढेको छ।

आज अरुण काबेली पावर लिमिटेडको सेयर सबैभन्दा धेरै ३८ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ सबैभन्दा धेरै २५ लाख ४२ हजार ३४७ कित्ता र अरुण काबेली पावर लिमिटेडको सेयर सबैभन्दा धेरै दुई हजार ७६४ पटक किनबेच भएका थिए।