September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

ट्रंक तथा डेडिकेडेट लाइन विद्युत् महसुल विवाद समाधान गर्न उर्जामन्त्रीसँग महासंघको आग्रह

ट्रंक तथा डेडिकेडेट लाइन विद्युत् महसुल विवाद समाधान गर्न उर्जामन्त्रीसँग महासंघको आग्रह

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले ट्रंक तथा डेडिकेडेट लाइन विद्युत् महसुल विवादलाई शीघ्र समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग आग्रह गरेको छ । अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र उद्यमी व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई ऊर्जा मन्त्रालयमा भेट गरी उक्त आग्रह गरेको हो । सो अवसरमा नवनियुक्त ऊर्जामन्त्री भुसाललाई महासंघका तर्फबाट अध्यक्ष गोल्छाले औपचारिक बधाई दिँदै विवाद समाधान गर्न आग्रह गरे ।
भेटवार्तामा क्रममा महासंघका तर्फबाट ट्रंक तथा डेडिकेडेट लाइन विद्युत महसुल विवादलाई शीघ्र समाधान गर्नुपर्नेमा जोड दिइएको महासंघले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

Advertisement

‘भेटवार्तामा तत्कालीन विद्युत् महसुल निर्धारण आयोगको मिति २०७२ पुस २९ मा भएको १०३ औं र मिति २०७३ असार १६ मा भएको १०८ औं बैठकबाट कायम भएको महसुल दर सम्बन्धमा भएको निर्णयसमेत जानकारी गराइएको थियो,’ महासंघले भनेको छ, ‘आयोगको १०३ औं बैठकले प्राधिकरणको डेडिकेडेट फिडर लाइनमार्फत् दैनिक निरन्तर विद्युत् उपभोग गर्ने उपभोक्ताको हकमा लागू हुने महसुल दर २०७२ पुस २९ पश्चात् दैनिक निरन्तर २४ घण्टा विद्युत् उपभोग गर्ने डेडिकेडेट लाइनका ग्राहकलाई मात्र लागू हुने भनी निर्णय गरेको छ ।’

Advertisement

आयोगको १०३ औं बैठकले प्राधिकरणको डेडिकेडेट फिडर लाइन मार्फत दैनिक निरन्तर विद्युत उपभोग गर्ने उपभोक्ताको हकमा लागु हुने महसुल दर २०७२ पुस २९ पश्चात दैनिक निरन्तर २४ घण्टा विद्युत उपभोग गर्ने डेडिकेडेट लाइनका ग्राहकलाई मात्र लागु हुने भनि निर्णय गरेको छ । लोडसेडिङ्ग न्युनतम ६ घण्टा कायम रहेको बखत २० घण्टा वा सो भन्दा बढी अवधि विद्युत उपयोग गर्ने ट्रङ्क लाइन समुहका उपभोक्ता ग्राहकको हकमा समेत डेडिकेडेट सरहको दरमा महसुल लिइ उक्त सुविधा प्रदान गर्ने निर्णय आयोगको असार १६ को १०८औं बैठकबाट भएकोले सो अनुसार २४।२० घण्टा विद्युत उपभोग गरेको अवधिको हकमा डेडिकेडेट सरहको दर लागु हुने भनिएको छ ।

लोडसेडिङ न्यूनतम छ घण्टा कायम रहेको बखत २० घण्टा वा सो भन्दा बढी अवधि विद्युत् उपयोग गर्ने टं«क लाइन समूहका उपभोक्ता ग्राहकको हकमासमेत डेडिकेडेट सरहको दरमा महसुल लिई उक्त सुविधा प्रदान गर्ने निर्णय आयोगको असार १६ को १०८ औं बैठकबाट भएकोले सो अनुसार २४।२० घण्टा विद्युत् उपभोग गरेको अवधिको हकमा डेडिकेडेट सरहको दर लागू हुने भनिएको महासंघले बताएको छ ।

डेडिकेडेट फिडर लाइन र ट्रंक लाइन समूहका औद्योगिक ग्राहक उपभोक्तालाई नभइ उक्त संरचनाबाट लोडसेडिङको बखत तोकेबमोजिमको मात्रामा विद्युत् उपभोग गर्नेको हकमा मात्र उक्त दर तत्कालीन महसुल निर्धारण आयोगको २०७२ पुस २९ गतेको र २०७३ असार १६ को निर्णयबाट कायम भएकोले उक्त निर्णय अनुसारको दर लगाइ महसुल असुल गर्नुपर्ने धारणा महासंघका तर्फबाट राखिएको थियो ।

साथै, उल्लेखित अवधिको विद्युत् खपत विवरणबाट डेडिकेडेट फिडर लाइनमार्फत् दैनिक निरन्तर २४ घण्टा र ट्रंक लाइनका औद्योगिक ग्राहकको हकमा लोडसेडिङ न्यूनतम छ घण्टा कायम रहेको बखत दैनिक २० घण्टा वा सोभन्दा बढी अवधि विद्युत् उपयोग गरेका औद्योगिक उपभोक्ता यकीन गरेर सो उपभोग गर्ने उपभोक्ताको हकमा मात्र उपभोग गरेको अवधिको लागि उक्त विशेष दर लगाइ विजक जारी गर्न वा छुट रकम असुल गर्न न्यायिक हुने सो अवसरमा स्पष्ट पारिएको महासंघले जनाएको छ ।

महासंघसंगको भेटमा मन्त्री भुसालले ट्रङक तथा डेडिकेटेड विद्युत महशुल विवादमा महासंघले राखेका विषयमा आफूले कानुनी÷विधि, प्रक्रिया समेत बुझेर निर्णय लिने विश्वास दिलाएकी छिन । साथै उहांले बढी ऊर्जा खपत गर्ने उद्योगलाई कम महशुल लाग्ने व्यवस्था हुनुपर्ने भन्दै यस विषयमा अध्ययन अघि बढाउने आश्वासन दिएकी हुन् ।