March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

मैलुङ खोला जलविद्युत कम्पनीले ७ लाख ३६ हजार बढि कित्ता आईपीओ निष्कासन गर्दै

मैलुङ खोला जलविद्युत कम्पनीले ७ लाख ३६ हजार बढि कित्ता आईपीओ निष्कासन गर्दै

साउन ६, काठमाडौं ।

Advertisement

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले साउन १४ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ)  निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

Advertisement

निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिने छ । कम्पनीको आईपिओमा साउन १४ गते देखि छिटोमा साउन १८ र ढिलामा साउन २८ गतेसम्ममा आईपिओमा आवेदन दिनु पर्ने छ ।कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।