September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

प्रतिबन्धित पेय पदार्थ बिक्री गर्ने ४ सञ्चालक पक्राउ

प्रतिबन्धित पेय पदार्थ बिक्री गर्ने ४ सञ्चालक पक्राउ

साउन ६, काठमाडौं ।
सरकारले प्रतिबन्ध लगाएका क्याफिनयुक्त पेय पदार्थ रेड बुल आयात गरी बिक्री  गरेकोे आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेकोे छ।महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंका विभिन्न स्थानमा छापा मार्दा प्रतिबन्धित पेय पदार्थ बिक्री गरिरहेको पाएपछि उनीहरुलाई पक्राउ गरेको हो।

कमठमाडौंको न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटार लगायतका स्थानबाट २०० कार्टुन रेडबुलसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा काठमाडौँका रबिनराज श्रेष्ठ, बाँके घर भएका राजु पौडेल, ओेखलढुंगा घर भएका धन बहादुर श्रेष्ठ र सर्लाही घर भएका वीरेन्द्र चौधरी छन् ।

Advertisement

काठमाडौँका चारवटा स्टोरबाट ४ हजार ८ सय ४८ वटा रेडबुल बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) चन्द्र कुवेर खापुङले बताए । २०७६ असार मा प्रकाशित राजपत्र भाग–५ मा क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ विक्री, वितरण बन्देज गरिएको छ ।