April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

थप २ हजार ८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

साउन ६, काठमाडौं ।
पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबार देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले  जानकारी दिए । हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख २४ हजार ४५५ जना पुगेको छ ।

सोही अवधिमा १ हजार ४१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कुल संक्रमितमध्ये ६ लाख ३६ हजार ४०२ जना निको भएका छन् ।  सोही अवधिमा  ३० जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ९ हजार ६३७ जनाको मृत्यु भइसकेको छ । काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित भेटिएका छन् । हाल देशका १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् ।

 

Advertisement