March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

मुक्तिनाथ विकासको ऋणपत्र खुला, बार्षिक कति ब्याज पाइने ?

मुक्तिनाथ विकासको ऋणपत्र खुला, बार्षिक कति ब्याज पाइने ?

काठमाडौं –
मुक्तिनाथ विकास बैंक लिमिटेडको वार्षिक ८।७५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा निष्काशन तथा बिक्री खुला भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ऋणपत्र निष्काशनका लागि असार ८ गते स्वीकृति दिएको बैंकले आजबाट ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर र ऋणपत्र २०८४÷८५’ निष्काशन तथा बिक्री खुला गरेको हो ।

Advertisement

मुक्तिनाथ विकास बैंक लिमिटेडले ७ बर्षे अवधिको १२ लाख ५० हजार कित्ताले हुने आउने १ अर्ब २५ करोड रुपैयाँ बराबरको ‘मुक्तिनाथ डिबेन्चर÷ऋणपत्र २०८४÷८५’ निष्काशन गर्ने भएको छ । सर्वसाधारणलाई बिक्री गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई छुट्याइएको थियो। जसमध्ये १ हजार ५०० कित्ता बाँडफाँट गरिएको बैंकले जनाएको छ ।

Advertisement

कम्पनीले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिहरूलाई विस्तार गर्नका लागि आवश्यक पूँजी सङ्कलन गर्न, कम्पनीको पुरक पूँजीकोष बृद्धि गर्न तथा प्रबन्धपत्रमा उल्लेख गरिएको उद्देश्यअनुरुप कार्य गर्न आवश्यक पूँजी जुटाउने उद्देश्यले ऋणपत्र निष्काशन गर्ने भएको हो ।

ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन २१ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट उक्त ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।