August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

‘राष्ट्र बैंक लगायत सबै बैंकका सर्भर ह्याकरबाट सुरक्षित छन्’- गर्भनर अधिकारी

‘राष्ट्र बैंक लगायत सबै बैंकका सर्भर ह्याकरबाट सुरक्षित छन्’- गर्भनर अधिकारी

अपरिचित व्यक्तिबाट ईमेल र फोनमार्फत बैंकिङ् प्रणाली ह्याक गर्ने धम्कि आय पश्च्यात नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक र सबै बैंकहरुको प्रणालीको परिक्षण गर्दा सबै प्रणाली सुरक्षित भएको बताएका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल र सुचना अधिकारी नारायण प्रसाद पोख्रेललाई र अरु १४ वाणिज्य बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने भन्दै बुधबार बेलुकी धम्कि आएको थियो । ह्याकरहरुले २४ घण्टा भित्र ह्याक गर्ने कुरा मेलमा उल्लेख गरेका छन् ।

ह्याकरले आफूलाई बुधबार पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी दिइएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताएका थिए । चौतफि रुपमा बैंक ह्याक हुने चेतावनी आएपछि राष्ट्र बैंकका गर्भनर अधिकारीले सबै बैंकका सर्भर सुरक्षित रहेको बताएका छन् । गर्भनर अधिकारीले सम्पूर्ण बैंकलाई सर्भन चेक गर्न भनिएको र सबै बैंक तथा वित्तीय सस्था सुरक्षित रहेको बताएका छन् ।

प्रवक्ता ढकाललाई आएको मेल र फोनमा नेपालका प्रमुख बैंकहरु नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभेरेस्ट तथा हिमालयन बैंक लगायतको सिस्टम ह्याकरको पहुँचमा पुगिसकेको र अबको २४ घण्टाभित्र आनलाइन तथा अफलाइन दुवै प्रविधिबाट पैसा चोरी गर्ने धम्की दिइएको छ । साथै यो दक्षिण एसियाकै ठूलो बैंकिंग ह्याक हुने र यस पत्रलाई मजाक नठान्न पनि इमेलमा लेखिएको थियो । सोही पत्र राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेलमा पनि आएको बताईएको छ ।

बैंकहरुले समेत उक्त धम्कीपूर्ण मेलपछि आफ्नो सबै प्रणाली परीक्षण गरिसकेका छन् भने उच्च सतर्कता अपनाइएको छ । अहिलेसम्म राष्ट्र बैंकको प्रणालीमा भने कुनै समस्या नदेखिएको बताइएको छ, इद्यपि यसबारे निरीक्षण जारी राखिएको छ ।