March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

प्रदेश सरकारले गरे ६९ प्रतिशत बजेट खर्चः लुम्बिनीले सबैभन्दा बढी खर्च गर्दा, अन्यको कति ?

प्रदेश सरकारले गरे ६९ प्रतिशत बजेट खर्चः लुम्बिनीले सबैभन्दा बढी खर्च गर्दा, अन्यको कति ?

साउन ८, काठमाडौं ।

Advertisement

तपाईलाई लागिरहेको होल देशको विकास कस्तो गतिमा भएको छ । अझ संद्यीय प्रणालीमा रहेको सात प्रदेश मध्ये कुन प्रदेश सरकारले के कस्तो गतिमा विकास खर्च गरेका होलान ? चासो बढदै जाँदा संद्यीय प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा  बजेट खर्च ६९ प्रतिशत मात्र गर्न सकेको देखिन्छ ।  महालेखा नियन्त्रक कार्यालयको प्रारम्भिक तथ्यांकअनुुसार गत आर्थिक वर्ष प्रदेश सरकारले कुल २ खर्ब ७५ अर्ब ८१ लाख ९४ हजार रुपैयाँ बराबरको बजेट ल्याएकोमा १ खर्ब ९० अर्ब ३ करोड ३३ लाख रुपैयाँ बराबर खर्च भएको  देखिएका हो । प्रदेशहरुले चालुगत खर्चतर्फ १ खर्ब १२ अर्ब ९३ करोड ८६ लाख रुपैयाँ बराबर विनियोजन गरेकोमा ७६ अर्ब १९ करोड ६४ लाख रुपैयाँ बराबर खर्च गरेको छ । पुँजीगततर्फ १ खर्ब ५९ अर्ब ६ करोड ९५ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको प्रदेश सरकारले ७०.७ प्रतिशत अर्थात् १ खर्ब १२ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

Advertisement

त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ३ अर्ब रुपैयाँ बराबर बजेट खर्च छुट्याइएकोमा १ अर्ब ४० करोड रुपैयाँ अर्थात ४६.७ प्रतिशत बराबर बजेट खर्च भएको छ । आर्थिक वर्ष २०७७÷७८ का लागि प्रदेश नम्बर १ सरकारले ४३ अर्ब ४० करोड ८५ लाख ५० हजार रुपैयाँ बराबर विनियोजन गरेकोमा ६४.६ प्रतिशत अर्थात २८ अर्ब ५ करोड ६ लाख रुपैयाँ बराबर खर्च भएको छ ।प्रदेशगत बजेट खर्चको अवस्था हेर्दा गत आर्थिक वर्ष  मा सबैभन्दा धेरै बजेट खर्च लुम्बिनी प्रदेशको देखिएको छ ।

यो प्रदेशले गत आर्थिक वर्ष ३९ अर्ब १५ करोड ४१ लाख रुपैयाँ बराबरको बजेट ल्याएकोमा ८२.३ प्रतिशत अर्थात ३२ अर्ब २४ करोड २१ लाख १९ हजार रुपैयाँ बराबर खर्च गरेको छ । लुम्बिनी प्रदेशको चालुतर्फ १६ अर्ब ९४ करोड ५५ लाख २७ हजार विनियोजन भएकोमा ८१ प्रतिशत अर्थात् १३ अर्ब ७२ करोड ७४ लाख रुपैयाँ बराबर खर्च भएको छ । त्यस्तै, पुँजीगततर्फ २२ अर्ब २० करोड ८६ लाख रुपैयाँ बराबर बजेट विनियोजन भएकोमा ८३.४ प्रतिशत अर्थात १८ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

वार्षिक विनियोजित बजेट खर्च प्रतिशतका हिसाबले हेर्दा सबैभन्दा कम कर्णाली प्रदेशको रहेको देखिन्छ । कर्णाली प्रदेशले गत आर्थिक वर्ष ३४ अर्ब ९५ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट ल्याएकोमा ६३.२ प्रतिशत अर्थात् २२ अर्ब १० करोड ९४ लाख रुपैयाँ बराबर बजेट खर्च भएको देखिन्छ । चालुतर्फ १२ अर्ब ५८ करोड १६ लाख विनियोजन रहेकोमा ६७.७ प्रतिशत अर्थात ८ अर्ब ५१ करोड ४९ लाख रुपैयाँ बराबर खर्च भएको छ भने पुँजीगततर्फ २२ अर्ब ३७ करोड ८२ लाख विनियोजन भएकोमा ६०.७ प्रतिशत अर्थात् १३ अर्ब ५९ करोड ४५ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

प्रदेश नम्बर १ ले चालुगततर्फ २५ अर्ब ७६ करोड १७ लाख रुपैयाँ बराबर खर्च गरेको छ भने पुँजीगततर्फ १५ अर्ब ८९ करोड ६७ लाख रुपैयाँ बराबर खर्च गरेको छ । यो खर्च रकम चालुतर्फ ६९ प्रतिशत र पुँजीगततर्फ ६१.७ प्रतिशत बराबर हो ।

प्रदेश नम्बर २ को बजेट खर्च ६५.६ प्रतिशत बराबर देखिन्छ । कुल ३४ अर्ब ७० करोड ४३ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट विनियोजन भएकोमा २२ अर्ब ७६ करोड २४ लाख ४४ हजार रुपैयाँ बराबर खर्च भएको छ । प्रदेश नम्बर २ मा चालुगततर्फ १४ अर्ब १७ करोड ६८ लाख रुपैयाँ बराबरको विनियोजन रहेकोमा ६१.५ प्रतिशत अर्थात् ८ अर्ब ७१ करोड ७४ लाख रुपैयाँ बराबर खर्च भएको छ । पुँजीगततर्फ २० अर्ब ३६ करोड ७५ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएकोमा ६९ प्रतिशत अर्थात १४ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबर खर्च भएको छ ।

त्यस्तै बागमती प्रदेशले गत आर्थिक वर्ष ७० प्रतिशत बजेट खर्च गरेको छ । ५१ अर्ब ४२ करोड ७४ लाख ४४ हजार रुपैयाँ बराबर वार्षिक विनियोजन रहेकोमा बागमती प्रदेशले ३५ अर्ब ९८ करोड ४० लाख ५५ हजार रुपैयाँ बराबर खर्च गरेको छ । चालुतर्फ बागमती प्रदेशको वार्षिक बजेट २१ अर्ब ९३ करोड ५ लाख रुपैयाँ बराबर रहेकोमा ६६.२ प्रतिशत अर्थात् १४ अर्ब ५१ करोड ८ लाख ९० हजार रुपैयाँ बराबर खर्च भएको छ । त्यस्तै, पुँजीगततर्फ २७ अर्ब ४९ करोड ६८ लाख रुपैयाँ बराबर विनियोजन भएकोमा ७३ प्रतिशत अर्थात २० अर्ब ७ करोड ३१ लाख ६४ हजार रुपैयाँ बराबर खर्च भएको छ ।

गण्डकी प्रदेशले ३६ अर्ब ७० करोड ८८ लाख रुपैयाँ बराबरको बजेट ल्याएकोमा ७०.१ प्रतिशत अर्थात २५ अर्ब ७२ करोड ८३ लाख ५७ हजार रुपैयाँ बराबर खर्च भएको छ । गण्डकी प्रदेशले चालुतर्फ ५९.७ प्रतिशत र पुँजीगततर्फ ७७.९ प्रतिशत बजेट खर्च गरेको छ । यो प्रदेशले गत आर्थिक वर्षका लागि चालुतर्फ १३ अर्ब ५९ करोड ४९ लाख रुपैयाँ बराबर विनियोजन गरेकोमा ८ अर्ब ११ करोड ४९ लाख रुपैयाँ बराबर खर्च गरेको छ भने पुँजीगततर्फ २२ अर्ब ६१ करोड ३६ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएकोमा १७ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ बराबर खर्च गरेको छ ।

गत आर्थिक वर्षका लागि सुदूरपश्तिम सरकारले ३४ अर्ब ६४ करोड ४९ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएकोमा ६६.८ प्रतिशत अर्थात् २३ अर्ब १५ करोड ६२ लाख रुपैयाँ बराबर खर्च भएको छ । चालुतर्फ सुदूर पश्चिम सरकारले १६ अर्ब १० करोड २३ लाख रुपैयाँ बराबर विनियोजन गरेकोमा ६४.९ प्रतिशत अर्थात् १० अर्ब ४५ करोड ६८ लाख रुपैयाँ बराबर बजेट खर्च गरेको छ । त्यस्तै, पुँजीगततर्फ १८ अर्ब २४ करोड २६ लाख रुपैयाँ बराबर विनियोजन भएकोमा ६९.६ प्रतिशत अर्थात् १२ अर्ब ६९ करोड ९४ लाख रुपैयाँ बराबर खर्च भएको छ ।