September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

साउन ८, काठमाडौं ।

निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।  बिहान साढे ११ बजे राष्ट्रपति भण्डारीसँग छलफलका लागि सितलनिवास पुगेका अध्यक्ष ओली दिउँसो साढे एक बजे बाहिरिएका हुन् ।राष्ट्रपति कार्यालय शीलतनिवासमा भएको भेटवार्ता के विषयमा केन्द्रित थियो भन्ने खुलेको छैन ।

Advertisement

ओली गत असार २८ को सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्रीबाट हटिसकेका छन् । प्रधानमन्त्रीबाट हटेको दुई साता नपुग्दै राष्ट्रपति भण्डारी र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।