September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

नबिल बैंकको ‘८% नबिल बैंक डिबेन्चर २०८५’ ऋणपत्र खुला, कहिलेसम्म लगानी गर्न पाइने ?

नबिल बैंकको ‘८% नबिल बैंक डिबेन्चर २०८५’ ऋणपत्र खुला, कहिलेसम्म लगानी गर्न पाइने ?

काठमाडौं ः नबिल बैंकले साउन १० गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला गरेको छ । ‘८% नबिल बैंक डिबेन्चर २०८५’ नाम दिइएको ऋणपत्रमा वार्षिक ८ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको लागि यो खुल्ला गरेको हो । बैंकले दीर्घकालीन लगानीको स्रोत जुटाउन ऋणपत्र उपकरणलाई प्रयोग गर्न लागेको हो ।

बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गरेको यो ऋणपत्रमा बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा कुल ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सकिने विक्री प्रबन्ध हिमालयन क्यापिटलले जनाएको छ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

Advertisement

यो ऋणपत्रमा साउन १३ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा साउन २४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ ।

नबिल बैंकलाई इक्रा नेपालले ‘इस्युअर रेटिङ डबल ए माइनस’ प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा नबिल उच्च मात्रामा सुरक्षित रहेको जनाउँछ । लगानीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्रमा आवेदन गर्न सक्नेछन् । यस्तै, मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सकिन्छ ।