कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य
साउन १०, काठमाडौं ।
काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले खोपका लागि अनलाइन फारम अनिवार्य गरेको हो ।स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने भएका छन् ।
साथै १८ वर्षदेखि ५० वर्ष उमेर समुहका नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरिएको छ । कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्ने नागरिकलाई अर्को सूचना गरेर खोप दिन सुरु गर्ने बताइएको छ । खोपका लागि अनलाइन दर्ता भएको प्रमाण लिई आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा सर्वसाधारणले खोप लगाउनसक्ने बताइएको छ ।
प्रतिकृया दिनुहोस्