April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

सेयर बजारमा उच्च अंकको रेकर्ड, १४ अर्ब  ३० करोडको कारोबार

साउन १०, काठमाडौं ।

Advertisement

सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । साताको पहिलो कारोबार दिन ५४.३१ अंकले बढेको बजारमा परिसूचक ३ हजार ५८.६३ अंकमा पुगेको हो । यस अघि नेप्से परिसूचक ३ हजार ३२ अंकसम्म पुगेको थियो । कुल २२३ कम्पनीको चार करोड ४१ लाख कित्ता सेयर १४ हजार ६७० कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम १४ अर्ब  ३० करोड २३ लाख भन्दा धेरै रहृयो ।

Advertisement

बैंकिङ समूहको प्रभावकै कारण बजारमा ठूलो अंकको वृद्धि देखिएको हो। उच्च पुँजीकरणका कारण परिसूचक उतारचढावका लागि बैंकिङ समूहको प्रभाव बढी पर्ने गर्छ।  सो समूह ७२ अंकले बढेको छ। त्यस्तै ब्यापार २, विकास बैंक १३, जलविद्युत ७१, फाइनान्स २४, निर्जीवन बीमा ४८, उत्पादन ७१, अन्य ६, माइक्रोफाइनान्स ८६ र जीवन बीमा समूह ३० अंकले बढेका छन्। होटल तथा पर्यटन भने २२ अंकले घटेको छ। सो समूहबाहेक सबैजसो बढेका हुन्।

यस दिन १३६ कम्पनीको मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ। त्यस्तै ७ कम्पनीको मूल्य स्थिर रहेको छ। जोशी हाइड्रो, हिमालय उर्जा विकास, सपोर्ट माइक्रोफाइनानस, राधि विद्युत, कालिका पावर, युनिभर्सल पावर, विशाल बजार, पन्चकन्या माइ र ङादी ग्रुपको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। अरुण काबेली, दिव्यश्वरी हाइड्रो, माउन्टेन हाइड्रो र पाँचथर पावरको मूल्य ८ प्रतिशतभन्दा धेरैले बढ्यो।

यसदिन अधिकांश म्युचुअल फण्डको इकाईमूल्य घटेको छ । कुमारी इक्वीटी फण्ड, लक्ष्मी इक्वीटी फण्ड, लक्ष्मी डिबेञ्चर ८६, र ओरियन्टल होटलको मूल्य ३ प्रतिशत बढीले घटेको छ । आजको बजारमा नेपाल बैंकको सर्वाधिक साढे ४९ करोडको शेयर खरीद बिक्री भएको छ । ग्लोबल आइएमई, एनसीसी, एनआईसी एशिया बैंक, युनाइटेड मोदी हाइड्रोपावर, अरुण काबेली पावर, र नेशनल हाइड्रोको ३० करोड बढीको शेयर कारोबारमा आएको छ ।