उच्च विन्दुमा पुगेको नेप्सेमा सामान्य करेक्सन, १४ अर्ब १३ करोडको कारोबार
साउन ११, काठमाडौं ।
सेयर बजार परिसूचक नेप्से ८.२४ अंकले घटेको छ । आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको परिसूचक सोमबार भने सामान्य करेक्सन भएर ३ हजार ५०.४२ अंकमा झरेको हो । आइतबारको तुलनामा आज रकममा पनि गिरावट देखिएको छ । सोमबार २२३ कम्पनीको तीन करोड ३० लाख ६१ हजार ४४७ कित्ता सेयर एक लाख ३७ हजार २४२ पटक खरिद बिक्री हुँदा कारोबार रकम १४ अर्ब १३ करोड ९७ लाख भयो । आइतबार चार करोड बढी कित्ता सेयर दोस्रो बजारमा कारोबारमा आउँदा कुल कारोबार रकम १४ अर्ब ३० करोड नाघेको थियो ।
यसदिन कारोबारमा आएका १३ उपसमूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.३५ प्रतिशत बढेको छ। बैंकिङ्ग समूहको परिसूचक सर्वाधिक २ प्रतिशत घटेको छ। समग्र बजार सूचक घटेपनि यस दिन ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। घलेम्दी हाइड्रो, जानकी फाइनान्स, माउन्टेन हाइड्रो, रिडी हाइड्रोपावर, विशाल बजार, ङादी ग्रुप पावर र हिमालयन उर्जाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यता एनआईसी एशियाको ऋणपत्रको मूल्य भने यस दिन सर्वाधिक ७.२२ प्रतिशत घटेको छ। यस दिन ङादी ग्रुप पावरको सबैभन्दा धेरै ३९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
प्रतिकृया दिनुहोस्