April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

सानिमा लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपिओ बिक्री गर्दै, सर्वसाधारणलाई कति कित्ता ?

सानिमा लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपिओ बिक्री गर्दै, सर्वसाधारणलाई कति कित्ता ?

साउन १२, काठमाडौं ।

Advertisement

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले साउन २० गतेबाट धितोपत्रको प्रारम्भीक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १००  रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । कुल सार्वजनिक निष्कासनमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को ३ लाख कित्ता नै सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ । बाँकी रहेको  ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनी  अधिकृत पुँजी २ अर्बको ३० प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो । हाल १ अर्ब ४० करोड पुँजी रहेको कम्पनीको आईपीओ पछि चुक्ता पुँजी २ अर्ब  पुग्नेछ ।

Advertisement

कम्पनीको उक्त आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम कित्ता ३० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । साउन २० गतेदेखि निष्काशन हुने आइपिओमा छिटो मिति साउन २४ सम्म आवेदन दिन पाइनेछ । सो समयमा बिक्री नभएमा ढिलो मिति भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । पछिल्लो समयमा विभिन्न कम्पनीहरूले निष्काशन गरेको आइपिओमा मागभन्दा बढी आवेदन पर्दै आएकोमा सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ पनि छिटो मितिमा नै बन्द हुने निश्चित छ ।  कम्पनीको आइपिओे निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपिओले केयर रेटिङ नेपालबाट समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्राप्त गरेको छ ।

आइपिओ खरिदका लागि विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एपमार्फत समेत आवेदन दिन सकिनेछ । जेठ ९ गते आइपिओ निष्कासनका लागि बोर्डमा निवेदन दर्ता गराएको थियो र बोर्डले कम्पनीलाई असार ३१ गते आइपिओ निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ १०९.६७ रुपैयाँ रहेको छ । उक्त अवधिसम्म कम्पनीको सञ्चित नाफा १० करोड ४८ लाख ६० हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६.१० रुपैयाँ रहेको छ ।