March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

साउन १२, काठमाडौं ।

Advertisement

मन्त्रिपरिषद विस्तार गर्न सत्तारुढ गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । सोमबार जनता समाजवादी पार्टी जसपाको विवाद समाधान भएसँगै शीर्ष नेताहरुले भेटघाटलाई बाक्लो बनाएका छन् । यसै सिलसिलामा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच  भेटवार्ता भएको छ ।

Advertisement

आज  प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । आजको भेटघाटका क्रममा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको स्रोतले जनाएको छ । सत्ता सहकार्य गरिरहेको माओवादी केन्द्रबाट हाल देउवा नेतृत्वको मन्त्रीमण्डलमा २ जना सहभागी रहेका छन् । माओवादी केन्द्रसहित अन्य ४ गठबन्धनको सहभागी रहेको सरकारमा अन्य क–कसलाई सहभागी गराउने भन्ने विषयमा छलफल भइरहेको छ ।

त्यस्तै  निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै उपेन्द्र यादवले जनता समाजवादी पाटी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक बोलाएका छन् । मंगलबार २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा सरकारमा सहभागिताका लागि मन्त्रीहरु को को पठाउने र पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयनका विषयमा छलफल हुने कार्यकारिणी सदस्य रामनरेश राय यादवले बताएका छन् ।