September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

नेपाल हाइड्रो डेभलोपर्सको बोनस नेप्सेमा सूचीकृत

नेपाल हाइड्रो डेभलोपर्सको बोनस नेप्सेमा सूचीकृत

साउन १२, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार कम्पनीको १५ प्रतिशतले हुन आउने ३ लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले चैत्र १७ गते सम्पन्न भएको वार्षिक साधारण सभाले पारित गरेको उक्त बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत गराएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत्र ३ गतेदेखि बुकक्लोज गरेको थियो । यसअनुसार चैत्र २ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्नेछन् । उक्त बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।

Advertisement