April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

साउन १३, काठमाडौं ।

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोटमा दुर्घटना भएको हो । दुर्घटनामा जीपमा सवार १० जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जानकारी दिइन् ।

उनका अनुसार मृतकको पहिचान भइसकेको छैन । जीपमा सवार एक जना गम्भिर घाइते भएका छन् ।  घाइतेहरूलाई उद्धार गरेर जिल्ला अस्पताल उपचारका लागि लगिँदै छ । जीपमा रहेका एक जना बच्चा भेटाउन सकिएको छैन । जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

Advertisement