September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

बजेट संशोधनको अन्तिम तयारीमा सरकार, मौद्रिक नीति पनि रोकियो

बजेट संशोधनको अन्तिम तयारीमा सरकार, मौद्रिक नीति पनि रोकियो

शेरबहादुर देउवा नेतृत्वको सरकारले केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट संंशोधनको तयारी थालेको छ । अध्यदेशबाट ल्याइएकको पूर्ण बजेट देउवा नेतृत्वको सरकारको नीतिसँग मेल नखाएको भन्दै संशोधन तयारी गरेको छ ।

Advertisement

संसदबाट विश्वासको मत पाएसँगै नयाँ सरकारले बजेट संशोधनसहित प्रतिस्थापन अध्यादेश ल्याउने गृहकार्य थालिसकेको छ । प्रतिस्थापन अध्यादेश पेश गर्न अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका कर्मचारी र अर्थशास्त्रीसहित टिम बनाइ सकेका छन् ।

Advertisement

सो टीमले काम सुरु गरिसकेको छ । संघीय संसदनमा आइतबार मन्त्री शर्माले पूर्वमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमाथि संशोधनका लागि अध्यादेश दर्ता गरेका छन । सोही अध्यादेशलाई संशोधन गर्न प्रतिस्थापन अध्यादेश ल्याउन लागिएको हो ।

चालु वर्षका लागि पूर्व अर्थमन्त्री पौडेलले १६ खर्ब ४७ अर्बको बजेट कार्याक्रम ल्याएका थिए । तर नयाँ सरकारले यो आकार घटाउने भएको छ । प्रतिस्थापन अध्यादेश निर्माणमा संलग्न एक सदस्यका अनुसार बजेटको आकार छरितो बनाइने छ । गत वर्ष तुलनात्मकरूपमा कम आकारमा ल्याइएको बजेट समेत पूर्णरूपमा कार्यान्वयन हुन नसकेकेको भन्दै आकार घटाउन लागिएको हो ।

बजेट संशोधनको तयारी भएपछि केन्द्रीय बैंकले ल्याउने भनिएको मौद्रिक नीति समेत पछि धकेलिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट संशोधन नभई मौद्रिक नीति सार्वजनिक नगर्न भनेपछि मौद्रिक नीति सार्वजनिक गर्ने समय पछिका लागि धकेलिएको हो ।

बजेटमा उल्लेखित विषयहरुलाई सहयोग पुग्ने गरि गरिन्छ । यसलाई आधार मानेर अर्थमन्त्री शर्माले मौद्रिक नीति केही समय रोक्न दबाब दिएका हुन् । त्यहीकारण राष्ट्र बैंकले तयारी राखेको मौद्रिक नीति सार्वजनिक गरेको छैन ।

बजेट र मौद्रिक नीतिको सम्बन्ध दोहोरो हुन्छ । बजेट अलि विस्तारित आयो भने मौद्रिक नीतिले संकुचन गर्नुपर्छ । यदि बजेट संकुचनकारी आयो भने मौद्रिक नीतिले विस्तार गर्नुपर्छ । तर यहाँ बजेट पछि मात्र मौद्रिक नीति ल्याउनले भन्दै रोकिएको हो ।