December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

काठमाडौंमा भोरोसेल खोप लगाइँदै, ५० बर्ष माथिकालाई लगाइने

काठमाडौंमा भोरोसेल खोप लगाइँदै, ५० बर्ष माथिकालाई लगाइने

काठमाडौंमा आजबाट सबै वडाहरुमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ । काठमाडौ महानगरपालिका लगाएत तोकिएका वडाहरुको केन्द्रमा भेरोसेल खोप कार्यक्रम सञ्चालन गरेको हो ।

Advertisement

काठमाडौं जिल्ला खोप समन्वय तथा अनुगमन समितिले कोभिड १९ विरुद्धको खोप अभियानअन्तर्गत साउन १४ देखि १८ गतेसम्म काठमाडौं जिल्लामा भेरोसेल खोप पहिलो मात्राको खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । पहिलोमात्र छुट भएका ५० वर्ष वा सोभन्दा माथि सबै उमेर समूहका नागरिकलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाको ३२ वटै वडा र अन्य १० वटा नगरपालिकाले सम्भव भएसम्म नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राख्ने गरी खोप कार्यक्रम सञ्चालन हुने भएको हो ।

यस्तै अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा भने सामाखुशीस्थित राधास्वामी आइशोलेसन सेन्टर, वीर अस्पताल, नयाँ बानेश्वरस्थित निजामती अस्पताल, महाराजगञ्जस्थित टिचिङ अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिने छ ।

फरक क्षमताका व्यक्तिहरुले पहिलो मात्राको भेरोसेल खोप लगाउने सम्बन्धमा खोप कार्यक्रम सञ्चालन हुने समयमा नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गई खोप लगाउन सक्ने छन् । यसैगरी खोप केन्द्रहरुको सुरक्षा व्यवस्था नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रुपमा प्रबन्ध मिलाउने तथा भिड नियन्त्रण गर्ने निर्णय समेत आज बसेको बैठकले गरेको छ ।