March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

कोरोना खोप लगाउनेलाई १०० डलर पुरस्कार

कोरोना खोप लगाउनेलाई १०० डलर पुरस्कार

१५ साउन, काठमाडौं । नेपालमा कोरोना खोप लगाउनेको तछाड मछाड छ । राजनैतिक पहँच हुनेहरु घरघरमा लुकाएर खोप लगाई रहेका छन् । आम सर्वसाधारण सरकारले दिने भनेको खोप लगाउने केन्द्रमा गएर लामो समयसम्म लाइनमा बस्दा समेत खोप लगाउँन सकेका छैनन् ।

Advertisement

नेपालमा यस्तो भयावह अवस्था रहेको समय विश्व शाक्तिराष्ट्र अमेरिकामा भने सरकारले खोप लगाउने लाई आर्थिक पुरस्कार नै दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले एक सय डलर दिने आह्वान गरेका हुन् । उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बीबीसीले जनाएको छ ।

Advertisement

अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिका गलत दिशामा हिंडिरहेको भन्दै स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको बताएका थिए ।

यसैबीच बाइडनले संघीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन पनि जारी गरेका छन् । बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । यद्यपि खोप लिन अस्वीकार गर्ने सरकारी कर्मचारीलाई जागिरबाट ननिकालिने उनले बताए ।