September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

नवनियुक्त प्रदेश प्रमुख शेरचनद्धारा पदबहाली

नवनियुक्त प्रदेश प्रमुख  शेरचनद्धारा  पदबहाली

साउन १५, काठमाडौं ।

लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गरेका छन्। शेरचनले शुक्रबार प्रदेश प्रमुख कार्यालयमा पदबहाली गरेका हुन्। पदवहाल गर्दै प्रदेश प्रमुख शेरचनले संविधानलाई आफू अनुकुल व्याख्या गर्ने र मिच्ने काम कतैबाट गर्न नहुने र आफूले पनि जिम्मेवारीमा रहँदासम्म संविधानभन्दा बाहिर गएर कुनै काम नगर्ने प्रतिवद्धता व्यक्त गरे।

Advertisement

उनले भने, ‘कसैले पनि संविधान नाघेर हिँड्ने अवस्था आउन दिन हुन्न ।’ शान्ति र संवैधानिक तरिकाले प्रदेश चलाउने बताए । उनले विवादित काम नगर्ने प्रतिवद्धता समेत जनाए । उनले भने, ‘मैले कहिल्यै कसैसँग पद मागिन, यतिबेला लुम्बिनीमा आवश्यकता देखेर पठाईएको छ ।’

गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी प्रदेशको तेस्रो प्रदेश प्रमुखको रूपमा शेरचनलाई नियुक्त गरेकी थिइन्। यसअघि गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी वहन गरिसकेका शेरचनले लुम्बिनी प्रदेश प्रमुखको रूपमा साझा सहमती र सहकार्यका साथ अगाडि बढ्ने समेत बताए। प्रदेश प्रमुख शेरचनलाई प्रदेश प्रमुख कार्यालयका कर्मचारीले स्वागत गरेका थिए भने नेपाली सेनाले सलामी दिएको थियो । तर प्रदेश प्रमुखको स्वागतमा सरकारका कोही पनि मन्त्री पुगेनन् । यस अघि धर्मनाथ यादव प्रदेश प्रमुख भएर आउँदा तत्कालीन आन्तरिक मामिला तथा योजना मन्त्री कुलप्रसाद केशी पुगेका थिए । यस्तै, बिदाइमा मुख्यमन्त्री शंकर पोखरेल स्वयम्: उपस्थित थिए