September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

थपिए ३ हजार १०६ जना कोरोना संक्रमित, २३ जनाको मृत्यु

थपिए ३ हजार १०६ जना कोरोना संक्रमित, २३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाभित्र ३ हजार १०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १३ हजार ७ सय १९ एन्टिजेन र पिसिआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको देखाएको हो । पछिल्ला दिनमा कोरोना संक्रमण दर बढ्दो छ । पछिल्लो ६ दिनयता नेपालमा लगातार तीन हजारमाथि संक्रमित भेटिएका छन् ।

जसबाट ३१ सय ६ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा १९ सय १६ जना निको भएको जनाएको छ । मन्त्रालयले हालसम्म पीसीआर विधिबाट ६ लाख ९५ हजार ३ सय ८९ र एन्टिजेन विधिबाट ६१ हजार ३ सय ५० जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

Advertisement

सोही अवधिमा नेपालमा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको मन्त्रालयले जनाएको छ ।