September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

आफै सजक रही स्वस्थ्य रहौं, खोपको दुरुपयोग रोकौं

आफै सजक रही स्वस्थ्य रहौं, खोपको दुरुपयोग रोकौं

काठमाडौंमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भैरहेको छ । काठमाडौ महानगरपालिका लगाएत तोकिएका वडाहरुको केन्द्रमा भेरोसेल खोप कार्यक्रम सञ्चालन गरेको हो । काठमाडौं जिल्ला खोप समन्वय तथा अनुगमन समितिले कोभिड १९ विरुद्धको खोप अभियानअन्तर्गत साउन १४ देखि १८ गतेसम्म काठमाडौं जिल्लामा भेरोसेल खोप पहिलो मात्राको खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । पहिलोमात्र छुट भएका ५० वर्ष वा सोभन्दा माथि सबै उमेर समूहका नागरिकलाई खोप लगाईदै आएको छ ।

कोरोना विरुद्धको खोप सबैका लागि आवस्यक भएपनि सीमित मात्रामा मात्र खोप उपलब्ध भएपछि सरकारले प्राथमिकता निर्धारण गरेको छ । तर सरकार मै बसेका केही मन्त्रीहरुले खोपको दूरुपयोग गरिरहेका समाचार बाहिर आएका छन् । प्रदेश एकको विर्तामोडको एक होटलमा खोप सहितका स्वास्थ्य कर्मी भेटिएका छन् । आफू निकटकालाई होटलमै ल्याएर खोप दिने गरिएको यो एक उदाहरण हो । यस्ता कर्यो उदाहरण भेटिएका छन् ।

Advertisement

प्रदेश २ का एक राज्यमन्त्रीले आफना नजिकका ठेकेदार, व्यापारी र आसेपासेलाई खोप उपलब्ध गराएरको समाचार बाहिर आएको छ । यस अगाडि पनि प्रदेश २ सरकारका एक राज्य मन्त्रीले खोपको दूरुपयोग गरेका छन । जलेश्वर नगरपालिका– ७ निवासी प्रदेश नं.२ को सरकारका सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले कोरोना भाइरसविरुद्धको खोपको दूरुपयोग गरेका समाचार बाहिर आएका छन् । त्यसताका राज्यमन्त्री अभिराम शर्मा कहाँबाट खोप ल्याएको र उनले गरिरहेको खोपको दुरुपयोग तत्काल रोक्न प्रदेश नं.२ का साथै साथै केन्द्र सरकारसँग माँग गरेका छन् । मन्त्रीले आफन्त र आफना आसेपासेलाई खोप दिएको विषयलाई लिएर जिल्ला स्वास्थ्य कार्यालय महोतरीले अनभिज्ञता प्रकट गरेपनि पहुँच हुनेले खोप लगाए । प्रदेश २ मा लक्षित वर्गका लागि निःशुल्क खोप स्वास्थ्यकर्मीले चर्को मोलमा बिक्री गरेको खबर समेत सार्वजनिक भए ।

उता प्रदेश १ मा मन्त्रीलाई क्वाटरमा खोप लगाउने व्यवस्था मिलाइयो । त्यत्तिबेला मन्त्रीका आसेपासेले पनि फाइदा उठाए । मन्त्रीको तोक आदेशमा कार्यकर्ताले पनि खोप पाएका छन् । पहुँचवाला दलका नेता र उद्योगी व्यवसायीलाई पनि खुसी पार्न घरमै खोप लगाइयो । उनीहरूका परिवारका सदस्य र आफन्त खोप पाउने भाग्यमानी बने । यि दुई त उदाहरण मात्र हुन यसरी नै पहुँच हुनेले खोप लगाई रहेका छन् । यो क्रम प्रदेश सरकारहरुमा मात्र होइन देशकै राजधानी काठमाडौ देखि अन्य विभिन्न स्थानमा भएको पाइन्छ । शिक्षकको नामको खोप निजी शिक्षकका नाममा गैरशिक्षकले र चालकका लागि आएको खोप लाइसेन्स भएका तर गाडी नचलाउने लगाएका छन् । लक्षित वर्गभन्दा बाहिरका व्यक्ति हावी भएपछि देशका धेरै ठाउँमा खोप कार्यक्रम नै स्थगित भएका छन् । देशैभर खोप दुरूपयोग भएको छ ।

जेष्ठ नागरिक लगायतका लक्षित वर्ग भने घन्टौं लाम लागे पनि खोप नपाएर घर फर्कन बाध्य छन् । चीन र भारतबाट अनुदान र खरिद गरेर नेपालमा कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप ल्याइएको छ । सरकारले अर्डर गरेको खोप आउने क्रम जारी छ । पहिलो चरणमा कोरोनाको फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई लक्षित गरेर खोप लगाइएको थियो। पछि क्रमशः लक्षित वर्गको क्षेत्र फराकिलो बनाइँदै गइयो । जेष्ठ नागरिक, शिक्षक र चालक र सहचालकलाई पनि खोपको लक्षित वर्गमा समेटिएको छ । उमेर, वर्ग र पेशाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन जारी छ ।

प्रधानमन्त्री, मन्त्री र सरकारी अधिकारीले क्रमशः सबै नागरिकलाई खोपमा समेट्ने प्रतिबद्धता जनाइरहेका छन् । खोप केन्द्रमा मापदण्ड पालना नगरेको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभाग जानकार छन् । यति हुँदाहुँदै पनि एकपछि अर्को दुरूपयोगका खबर सार्वजनिक हुनु दुर्भाग्य नै हो । मन्त्रालय र विभागका अधिकारी पद र शक्तिका आडमा खोपमा भइरहेको मनोमानी रोक्न नसक्नु दुःखद् कुरा हो । सरकारले सक्ने भए सबै नागरिकलाई खोप सुनिश्चित गर्नुपर्छ । होइन भने नीतिगत व्यवस्था गरेर लक्षित वर्ग भनिसकेपछि उनीहरूलाई छुट्याएर पहुँचका आधारमा भइरहेको बेथिति रोक्न सक्नुपर्छ । खोपमा तछाडमछाड गर्नेभन्दा कोरोनाबाट जोगिनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नसक्छौं । नियमित मास्क लगाऔं, बेला बेलामा साबुनपानीले हात धुने गरौं, स्यानीटाइजर प्रयोग गरौं, कम्तीमा पनि दुई मिटरको भौतिक दूरी पालना गरौंर रोगप्रतिरोधात्मक क्षमता बढाउने पोसिला खानेकुरा खाने हो भने कोरोना खोप नै लगाउनु पर्ने अवस्था आउँदैन ।
सहर बजारमा अनावश्यक भीड बढाउने अनि खोप मात्र खोज्नुको कुनै औचित्य हुँदैन । लक्षित वर्गका लागि आएको खोप सोर्स, फोर्सका आधारमा लगाउनु पक्कै बुद्धिमत्ता होइन । ढिलो चाँडो पक्कै सबैले खोप लगाउने पालो आउँछ । त्यसैैले अलिकति धैर्यताको खाँचो छ । संयमित बन्न जरुरी छ । सरकारले सुरु गरेको अभियानमा शतप्रतिशत प्रभावकारी बनाउन सघाउनु पनि हामी नागरिकको दायित्व हो । त्यसका लागि आवश्यक छ भने नीतिगत र कानुनी व्यवस्था गरेर दोषीलाई कारबाही गर्न जरुरी छ । जबसम्म हामी जनता रहज हुदैनो तव सम्म राज्य संयन्त्रमा बस्नेहरु समेत संयम हुन सक्दैनन् ।

सत्ताको उन्मादमा नेतालाई लगाम लगाउने भनेको आम जनताले हो । राज्य संचालनमा बस्नेहरुले समेत देश र जनताको लागि आफूहरु सो स्थानमा पुगेको हो भन्ने विर्सनु हुँदैन् ।