February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

मलेसियामा कामदारको न्यूनतम तलब आजदेखि बृद्धि हुँदै

मलेसियामा कामदारको न्यूनतम तलब आजदेखि बृद्धि हुँदै

पुस १६, काठमाडौं ।
मलेसिया सरकारले तलब आजबाट लागू हुने गरी विदेशी कामदारको न्यूनतम तलव वृद्धि गर्दै १२ सय रिंगेट तोकेको छ । मलेसियाको मानव संशाधन मन्त्रालयका अनुसार यो निर्णय त्यहाँस्थित कार्यरत स्थानीय र आप्रवासी कमादारका लागि समान रुपमा लागू हुनेछ । सरकारको नयाँ नियम अनुसार अबदेखि न्यूनत्तम १२ सय रिंगेटभन्दा कम तलबमा नेपाली कामदार लैजान नपाउने भएका छन् । यही प्राबधान अनुसार क्वालालम्पुरस्थित नेपाली दूतावासले जनवरी २ तारिखदेखि राजदूतावासमा प्रमाणिकरणका लागि पेश गरिने श्रम सम्बन्धी मागपत्रमा अनिवार्य रुपमा न्युनतम आधारभुत तलब १२ सय रिंगेट तोक्नु सूचना जारी गरेको छ । अव नया प्रबधान अनुसार नोपली रुपैयाँ करिब ३३ हजार नेपालीले मलेसियामा कमाउने छन् ।
तलब वृद्धिसँगै मलेसियामा कार्यरत लाखौं नेपाली कामदारले यसको लाभ पाउनेछन् । मलेसियामा यसअघि कामदारको न्यूनतम तलब ११ सय रिङ्गेट थियो । मलेसियन सरकारले आगामी ५ वर्षभित्र न्यूनतम पारिश्रमिक १५ सय र्पुयाउने लक्ष्य राखेको छ । नयँ नियम लाग भएदेखि नै गत कार्तिकदेखि नै नेपालबाट नयाँ कामदार मलेसिया जान थालिसकेका छन् ।

Advertisement