September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

अर्थ सचिबको जिम्मेवारी मधुकुमार मरासिनीलाई, ठूलो परिमाणमा सचिबहरु सरुवा हुँदै

अर्थ सचिबको जिम्मेवारी मधुकुमार मरासिनीलाई, ठूलो परिमाणमा सचिबहरु सरुवा हुँदै

काठमाडौँ । अर्थ सचिवको जिम्मेवारी दिदै मधुकुमार मरासिनीलाई ल्याएको छ ।सरकारले तीन जना सचिवको सरुवा गरेको छ । साउन १२ गतेको मन्त्रिपरिषद् बैठकले महालेखा नियन्त्रक कार्यलयमा रहेका मरासिनीलाई अर्थको जिम्मेवारी दिइएको हो । अर्थ मन्त्रालयको बजेट महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा नेतृत्व गरिसकेका मरासिनी शुरुमा हुलाकबाट निजामती सेवामा प्रवेश गरेका पात्र हुन् । उनी बिगत २५ वर्षदेखि अर्थमन्त्रालय मातहतकै निकायमा कार्यरत छन् ।
मरासिनीले अष्ट्रेलियन नेशनल युनिभर्सिटी(एनयू)बाट अन्तर्राष्ट्रिय विकास अर्थशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्। कानुनमा स्नातक र अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट एक्जुकेटिभ एजुकेशन गरेका छन् । उनी न्युयोर्कका महावाणिज्यदूतसमेत भइसकेका छन् ।
अर्थका शिशिर कुमार ढुङ्गानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ । त्यसैगरी स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । राजनैतिक समिकरणमा उनी अर्थमन्त्रालयबाट प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।
सरकार परिवर्तनसँगै ठुलै सख्यामा सचिवको सरुवा गर्ने तयारी रहेको भए पनि शक्तिशाली मन्त्रालयमा जानका लागि सचिवहरूबिच भई रहेको कडा प्रतिस्पर्धाकाबीच अर्थमा सरुवा गरेको हो । यससँगै अब गृह सचिवको सरुवा तयारी भइरहेको सिंहदरबार उच्च स्रोतले जानकारी दिएको छ । गृह सचिव र सञ्चारमा पहिले गरेर त्यसपछि सबै सचिवको गर्ने कि भन्ने पनि छ ती स्रोतले भने ।

Advertisement