September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

माओवादीको केन्द्रीय समिति बैठक १० दिन पछि सर्‍यो

माओवादीको केन्द्रीय समिति बैठक १० दिन पछि सर्‍यो

साउन १७, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १० दिन पछि सरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको हो । पछिल्लो घटनाक्रम  र आवश्यक तयारीलाई केही समय लिनु उपयुक्त देखिएकाले बैठक १० दिन सारिएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङ गरेका थिए। सरकार गठनका बारेमा अहिलेसम्म विकसित घटनाक्रमबारे प्रचण्डले बैठकलाई जानकारी गराएका थिए।

Advertisement