September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

विदेशबाट कच्चा पदार्थ किन्दै, विदेशमा नै निर्यात गर्दे

विदेशबाट कच्चा पदार्थ किन्दै, विदेशमा नै निर्यात गर्दे

सरकारले आवधिक योजनामार्फत् लिएको लक्ष्य एक दशकपछि बल्ल सफल हुने देखिएको छ । निर्यात एक खर्ब नाघेपछि योजना सफल हुँदै गएको हो । निर्यात त बढ्यो तर निर्यात बढाउन भूमिका खेलेका वस्तु स्वदेशी कच्चा पदार्थबाट उत्पादित रहँदा त्यसले झन् चिन्ता थोपेरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर बेचेको भटमासको तेलले निर्यात एकाएक अकाँसिदा अर्थतन्त्रमा थप दीर्घकालिन चिन्ता थपिएको हो ।

कुल निर्यात रू.१ खर्ब नाघे पनि धेरै उत्साहित हुनुपर्ने अवस्था भने छैन । नेपालले तेस्रो देशबाट आयात गरी भारततर्फ निकासी गर्ने भटमासको तेलका कारण निर्यात ह्वात्तै बढेको हो । नेपालको कुल निर्यातमा एकतिहाइ हिस्सा भटमासको तेलको मात्रै छ । नेपाल निर्यात परिषद्का अध्यक्ष हरिबहादुर कार्कीका अनुसार नेपाली व्यवसायीहरूले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेसिया तथा युक्रेनबाट भटमास आयात गर्छन् । मुलुकमा प्रशोधन गरी भारत निर्यात गर्छन् । सबैभन्दा बढी कच्चा भटमास तेल अर्जेन्टिनाबाट आयात हुने गरेको छ ।

Advertisement

वैशाखसम्ममा नेपालले रू.३५ अर्ब ७३ करोडको भटमासको तेल निर्यात गरेको थियो । जब कि, यही अवधिमा नेपालले रू.३९ अर्ब ४४ करोडको भटमासको कच्चा तेल आयात गरेको छ । विदेशबाट आयात गरिएको भटमासको कच्चा तेललाई सामान्य प्याकेजिङपछि नेपाली उद्योगीले भारत निर्यात गर्दै आएका छन् । यसैलाई लिएर देशले निर्यात बढेको भनिरहेको छ । यद्यपि, दीर्घकालका लागि यो नेपालको निर्यात वृद्धिमा सहयोग गर्ने क्षेत्र बन्नेमा संशय छ । गत वर्षसम्म नेपालले यसैगरी तेस्रो मुलुकबाट पाम तेल आयात गर्दै भारत पठाउने गरेको थियो । तर, भारतले नेपालबाट पाम तेल आयातमा नियन्त्रण गरेपछि त्यो धन्दा बन्द भएको थियो । नेपालले गर्ने निर्यातको तुलनामा आयात असाध्यै धेरै छ । यस्तो अवस्थामा देशको अर्थतन्त्रले खासै टेवा पाउँदैन् ।

गत आर्थिक वर्ष १५ खर्ब ३९ अर्ब रुपैयााको वस्तु आयात भयो । यो आयात अघिल्लो आर्थिक वर्षको तुलनामा २८ दशमलव छ–छ प्रतिशत बढी हो । बिशेष गरी डिजेल, फलामे डण्डीको कच्चा पदार्थ एमएस बिलेट र भटमासको कच्चा तेलको आयातमा भएको वृद्धिले समग्र आयातको आकार बढेको हो । गत वर्ष भटमासको तेलको कच्चा पदार्थ मात्र ५३ अर्ब ६५ करोड रुपैयाँको आयात गरियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो १ सय ८५ प्रतिशतभन्दा बढी हो । आर्थिक वर्ष २०७६÷७७ मा १८ अर्बको भटमासको कच्चा तेल आयात गरिएको थियो । भारतमा भटमासको तेलको माग उच्च रहेकाले व्यापारीले त्यसको फाइदा उठाउन कच्चा तेलको आयात बढाएका हुन् । राष्ट्रिय योजना आयोगले त्रिवषिर्य योजना २०६७÷०६८ मा निर्यात व्यापार १ खर्ब पु¥याउने भनेको थियो । त्यसको १० वर्षपछि १ खर्ब ४१ अर्बको निर्यात भएको हो ।

कच्चा पदार्थ आयात गरेर मुलुकमा प्रशोधन गरी व्यवसायीले पुनः निर्यात गर्ने गरेका छन् । नेपालबाट निर्यात हुने वस्तुमध्ये शीर्षस्थान ओगटेको प्रशोधित पाम तेलमा भारतले गत वैशाखदेखि प्रतिबन्ध लगाएपछि अहिले त्यसको स्थान भटमास तेलले लिएको छ । भारतले अन्य देशबाट हुने कृषिजन्य वस्तुको आयातमा ४० प्रतिशत कर लगाउँछ । तर, नेपालबाट प्रशोधन गरेर पठाएको तेलमा भने भन्सार लाग्दैन । यसको फाइदा उठाउन सीमा क्षेत्रमा प्रशोधन केन्द्र बढेका छन् । यसअघि पाल्म तेलको निर्यात यसैगरी अकासिएको थियो । केही समय आयातमा पाल्म तेलको आयातमा रोक लगाएको भारतले अहिले नेपाल सरकारको आग्रहमा प्रतिबन्ध हटाएको छ ।

तथ्यांकअनुसार चालू आवको सुरूदेखि नै प्रशोधित भटमासको तेल नेपालको पहिलो निर्यातयोग्य वस्तु बनेको हो । ब्यापार निकाशी तथा प्रवद्र्धन केन्द्रका अनुसार, यी वस्तु नेपालबाट निर्यात गर्दा महसुल लाग्दैन । अन्य मुलुकबाट नेपाल आयात गर्दा पनि गुणस्तरका आधारमा थोरै भन्सार लाग्छ । पुनः भारत निर्यात गर्दा महसुल नलाग्ने हुँदा व्यवसायी कच्चापदार्थ ल्याई प्रशोधन गरेर निर्यात गर्नेतर्फ आकर्षित भएका हुन् ।
पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा कृषिजन्य वस्तु निर्यातमा छुट दिएकाले पनि भटमासको कच्चा पदार्थ आयात गरेर ठूलो परिणाम निर्यात भएको बताउँछन् । उनी यसरी बस्तु निकासी भएपनि यस्ले दीर्धकालिन अर्थतन्त्रलाई खासै टेवा पुग्दैन् । जब सम्म स्वदेशी उत्पादिन बस्तु तथा कच्चा पदार्थ प्रयोग गरेका बस्तु निकाशी हुदैनन तबसम्म वस्तु अर्थतन्त्रले टेवा पाउँदैन् ।

त्यस्तै, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईका अनुसार पनि नेपालले आयात गरी प्रशोधन गरेर भारततर्फ निकासी गर्ने बताए । विदेशबाट कच्चा पदार्थ पनि विदेशबाटै आयात हुन्छ । स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन हुने धागो, ऊनी गलैंचा, कार्पेट, तयारी कपडा लगायतको निर्यात खासै बढ्न सकेको छैन । विदेशी कच्चा पदार्थमा आधारित वस्तुका कारण बढेको निर्यातबाट राजस्व केही बढे पनि अर्थतन्त्रमा खासै योगदान नपुग्ने जानकारहरुको भनाइ छ ।